एसीसी यु-१९ एसिया कप : रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार ०७:१४

काठमाडौं । एसीसी यू–१९ एसिया कप २०१९ का लागि नेपालले १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने प्रतियोगिताको लागि नेपालली राष्ट्रिय टिमका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा सिनियर टोलीको समेत अनुभव बटुलिसकेका मोहमद आसिफ शेख र सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

समूह बी मा रहेको नेपालले भदौ २० गते आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसैगरी दोस्रो खेलमा भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

आठ टोली सम्मिलित प्रतियोगिताको समूह ए मा भारत,पाकिस्तान,भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् त्यस्तै समूह बी मा नेपालसहित श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।

राउन्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितमा दुबै समूहका शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछ।

खेलाडीहरु
रोहितकुमार पौडेल (कप्तान)
पवन सर्राफ
कमलसिंह ऐरी
रित गौतम
हरिबहादुर चौहान
भिम सार्की
मोहम्मद आसिफ शेख
सन्दीप जोरा
कुशल मल्ल
राशिद खान
सागर ढकाल
खडक बहादुर बोहोरा
सूर्य तामाङ
लोकेस बम
प्रतिस जिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो छ ?

९ भाद्र २०७६, सोमबार ०७:१४
भदौं ९, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको जनाएको छ । साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार हाल देशका पश्चिमी भू–भागमा आंशिकदेखि समान्य बदली रहेको र बाँकी भू–भागको […]

सम्बन्धित शीर्षक