मन्त्रीलाई प्रश्नको वर्षा, एउटा नमुना शहर बनाएर देखाउन आग्रह

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार २०:०१

भदौ ८, काठमाडौं । प्रतिनिधि सभाको विकास समितिमा शहरी विकास मन्त्रीलाई प्रश्नहरुको वर्षा भएको छ ।

बिकाश समितिको आजको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा शहर उन्मुख गाउँहरुलाई नयाँ ब्यबस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी बिकाश मन्त्रि सँग जवाफ लिने कार्यसूची थियो ।

यसमा जानकारी सहित समितिको बैठकमा उपस्थित भएका मन्त्री मोहमद इस्तियाक राईलाई दर्जन बढी सांसदहरुले नयाँ सहरी कार्यक्रम कहाँ र कसरि भैरहेको भनेर प्रश्न सोधेका थिए ।

समिति बैठकमा पूर्व शहरी बिकाश मन्त्री समेत रहेका सांसद प्रभु साहले कुन कुन शहरको लागि कसरी काम भैरहेको भनेर प्रश्न सोधे । सांसदहरुले सबै १८ वटा नया शहर बनाउने योजना भन्दा पनि पहिला एउटा नमुना शहर बनाएर देखाउन आग्रह गरेका थिए ।

समितिका सदस्यहरुको प्रश्न सुनुसके पछि जवाफ दिदै मन्त्री महोमद इस्तियाक राइले काम गर्न ढिलो भए पनि काम नरोकिएको बताए । काम छिटो गर्न कर्मचारी र बजेटको अभाव रहेको भन्दै काम गर्न गाह्रो परेको उनले गुनासो गरे ।

सरकारले मध्य पहाडी लोकमार्गमा १० वटा र हुलाकी राजमार्गमा ८ वटा व्यवस्थित शहर बिकाश गर्ने भनेर आर्थिक वर्ष २०६७÷६८ देखि काम गर्दै आएको छ । यसको काम भने निकै नै सुस्त भएको भनेर आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

८ भाद्र २०७६, आईतवार २०:०१
भदौ ८, एजेन्सी ।  केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्डस्थित मेन […]