नेकपा अध्यक्ष दाहालले बोलाए सचिवालय बैठक

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १९:४६

भदौ ८, काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन अनुमति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक पार्टी सचिवालयको औपचारिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए । त्यसलगत्तै अध्यक्ष दाहालले नेताहरूसँग अनौपचारिक छलफल थालेका छन् ।

अनौपचारिक छलफलपछि सोमबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमै दाहालले बैठक बोलाएका हुन् । पार्टी एकता भएको १५ महिनासम्म पनि अध्यक्ष दाहालले एकल रूपमा पार्टीका काम अघि बढाउने अधिकार पाएका थिएनन् । ओली र दाहालले संयुक्त अध्यक्षता गर्दै पार्टीका बैठक चलाउँथे ।

दाहालले सोमबार महानगरका अध्यक्ष र सचिवहरूको चयनसम्बन्धी एजेन्डामा छलफल र निर्णय गर्दै छन् । यसबीचमा दाहालले ओलीसँग व्यक्तिगत रूपमा चिढिएका नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । नेपाललाई उनले नेताहरूबीच मिलेर नै पार्टीका काम अघि बढाउने भन्दै व्यक्तिगत तुष नराख्न आग्रह गरिसकेका छन् । त्यसपछि नेता नेपालले पनि ओली र आफूबीचको मनमुटाव ‘श्रीमान्श्रीमती’ को झगडा जस्तो मात्र भएको बताइसकेका छन् ।

यसैबीच अध्यक्ष दाहालले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् । राष्ट्रपतिसँग दाहालले करिब एक घण्टा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान २

८ भाद्र २०७६, आईतवार १९:४६
भदौ ८, एजेन्सी । भारतले चन्द्रमामा प्रक्षेपण गरेको चन्द्रयान २ नामक अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार पृथ्वीको कक्षबाट बाहिर निस्र्किएसँगै मंगलबार बिहान चन्द्रयान २ चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । इसरोले एक विज्ञप्ती जारी गर्दै यस जटिल कार्यपश्चात् अन्तरीक्षयानलाई चन्द्रमाको ध्रसवमाथि अन्तिम कक्षमा […]