उपल्लो डोल्पामा महोत्सव हुँदै

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १९:४३

भाद्र ८, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले उपल्लो डोल्पाको धो तारापमा महोत्सव आयोजना गर्न लागिएको छ ।

डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पाको आयोजनामा २४ देखि २८ भदौसम्म डोल्पोको मध्येभागमा पर्ने धो तारापमा विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको हो ।

विश्वका अग्ला मानवबस्तीमध्येको एक र नेपालको सबैभन्दा अग्लो मानवबस्तीमा पर्ने धो ताराप कला, संस्कृति, भेषभूषा र मनोरम दृष्यका हिसाबले धनी क्षेत्र हो।

महोत्सवका संयोजक ग्याल्पो थापा भोटेले डोल्पाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, शताब्दियौं पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरुको संरक्षण गर्ने र डोल्पोको समस्या उजागर गरी दिगो विकासका लागि पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए।

महोत्सवमा मुखौटा नृत्य, सांस्कृतिक नृत्य, वृत्तचित्र, स्वास्थ्य शिविर, घोडा दौड, तीरन्दाजीलगायत विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ। महोत्सवपछि पैदल यात्रा र छोटो पदयात्राका लागि भ्रमण तालिकासहितको नक्सासहितको नयाँ पदमार्ग तयार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा अध्यक्ष दाहालले बोलाए सचिवालय बैठक

८ भाद्र २०७६, आईतवार १९:४३
भदौ ८, काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन अनुमति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक पार्टी सचिवालयको औपचारिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए । त्यसलगत्तै अध्यक्ष […]