कामको बेला राजनीतिक कुरा नगर्न गुगलद्धारा कर्मचारीलाई निर्देशन

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १६:१९

भदौं ८, एजेन्सी । विश्वप्रसिद्ध कम्पनी गुगलले शुक्रबार आफ्ना कर्मचारीलाई एक दिशा निर्देश जारी गरेको छ । उक्त गाइडलाइन्समा गुगलले कामको समयमा सहकर्मीसँग राजनीतिक तथा अन्य मुद्दाका विषयमा बहस नगर्न भनेको छ ।

त्यस्ता विषयमा बहस गर्नुको सट्टा आफ्नो काममा ध्यान केन्द्रित गर्न गुगलले कर्मचारीलाई निर्देश गरेको छ ।

गुगलले म्यानेजर तथा अन्य फोरमका नेतृत्वलाई यो गाइडलाइन्स उल्लंघन गर्ने कर्मचारीलाई अनुशासनको कारबाही गर्न पनि भनेको छ । उक्त गाइडलाइनमा कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार र विचारशील हुनका लागि भनिएको छ ।

गाइडलाइन्समा कर्मचारीहरुका बीच हुने बहस र टिप्पणी सार्वजनिक हुने र त्यसको जिम्मेवार कम्पनीलाई ठहर्याइने सम्भावना रहेको भन्दै त्यसको नकारात्मक असर पर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

८ भाद्र २०७६, आईतवार १६:१९
भाद्र ८, टोकियो (एएफपी) । जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ९जी ७० को बैठकमा दुवै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिंगटनमा शनिबार […]

सम्बन्धित शीर्षक