जलविद्युत उत्पादनमा निजी क्षेत्र आक्रामक (सूचीसहित)

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १६:१३

काठमाण्डौ – जलविद्युत उत्पादनमा नेपालको निजी क्षेत्र आक्रामक रुपमा लागेको छ । विद्युत उत्पादनमा नेपाल विद्युत प्राधिकरणलाई पछ्याइरहेको निजी क्षेत्रले ठूलो मात्रामा विद्युत क्षेत्रमा लगानी गरिरहेको छ । निजी क्षेत्रले अहिलेसम्म ८४ वटा आयोजना सम्पन्न गरेर ५ सय ८३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ  ।

अहिले १२ सय ५ मेगावाट बिजुली उत्पादन भैरहेको छ । त्यसमध्ये नेपाल विद्युत प्राधिकरणले ६ सय २२ मेगावाट क्षमताको बिजुली उत्पादन गरेको छ भने निजी क्षेत्रले ५ सय ८३ मेगावाट उत्पादन गरेको छ ।

गएको वर्ष मात्रै निजी क्षेत्रका ९ वटा आयोजना सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा ६० मेगावाट बिजुली थप भएको छ ।

२६ सय मेगावाटका आयोजना बन्दै, झण्डै २९ सय मेगावाटका कार्यान्वयनको चरणमा

गएको अहिलेसम्म ५ सय ८३ मेगावाट क्षमताका जलविद्युत आयोजना सम्पन्न गरेको निजी क्षेत्र थप आयोजनामा आक्रमक देखिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्रबाट २६ सय १३ मेगावाट क्षमताका १ सय २० जलविद्युत आयोजनाहरुको आर्थिक स्रोत सुनिश्चित भई निर्माण भैरहेको छ  । यस्तै २८ सय ६९ मेगावाट बराबरका १ सय ३७ जलविद्युत आयोजनाहरु कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

प्राधिकरणले गएको आर्थिक वर्षमा विभिन्न प्रवद्र्धकहरुसँग ८५ वटा आयोजनाको कुल १४ सय ८० मेगावाट बराबरको विद्युत खरीद सम्झौता गरेको छ । हालसम्म प्राधिकरणले ३ सय ४० स्वतन्त्र विद्युत उत्पादनकर्ताहरुसँग  ६ हजार ४४ मेगावाट बराबरको बिद्युत खरिद सम्झौता गरिसकेको छ ।

निजी क्षेत्रले उत्पादन गरेका, आर्थिक स्रोत सुनिश्चित भएका, कार्यान्वयनमा विभिन्न चरणमा रहेका र विद्युत खरिद सम्झौता पीपीए भएका जलविद्युत आयोजनाको विवरण :

PPA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कामको बेला राजनीतिक कुरा नगर्न गुगलद्धारा कर्मचारीलाई निर्देशन

८ भाद्र २०७६, आईतवार १६:१३
भदौं ८, एजेन्सी । विश्वप्रसिद्ध कम्पनी गुगलले शुक्रबार आफ्ना कर्मचारीलाई एक दिशा निर्देश जारी गरेको छ । उक्त गाइडलाइन्समा गुगलले कामको समयमा सहकर्मीसँग राजनीतिक तथा अन्य मुद्दाका विषयमा बहस नगर्न भनेको छ । त्यस्ता विषयमा बहस गर्नुको सट्टा आफ्नो काममा ध्यान केन्द्रित गर्न गुगलले कर्मचारीलाई निर्देश गरेको छ । गुगलले […]

सम्बन्धित शीर्षक