दिपाको बर्थडे: संसारकै प्रिय साथी, छ माया छपक्कै !

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १५:५३

काठमाडौं । नेपाली अभिनेता दीपकराज गिरी र अभिनेत्री दिपाश्री निरौला निकै मिल्ने साथी हुन् । यो कुरा प्राय सबै नेपालीलाई थाहा भएकै कुरा हो ।

आज दिपाश्री निरौलाको जन्म दिन हो । जन्मदिनको अवसरमा दीपकले दिपालाई शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दिपासँगैको तस्विर शेयर गर्दै उनले जन्मदिनको शुभकामना दिएका हुन् ।

आफ्ना साथीमध्ये दिपा सबैभन्दा माथिको साथी रहेको दीपकले बताएका छन् । आफू शून्य भएको र दिपा अगाडिको अंक भएको दीपकले उल्लेख गरेका छन् ।

सुगम पोख्रेलको मेरो एउटा साथी छ बोलमा रहेको गीतको केही शब्दमार्फत उनले दिपालाई जन्मदिनको शुभकामना दिएका छन् ।

आफू लडखडाउँदा समाइदिने, आफ्नो खुशीमा रमाइदिने, पीडामा सँगै रुने समस्याहरु आउँदा साथ दिने साथीको रुपमा दीपकले दिपाको चित्रण गरेका छन् ।

उनले भनेका छन्, ‘आफू हारेर पनि मलाई जिताउने मेरो एउटा साथी छ, सबैभन्दा माथि छ ।’ जन्मदिनको शुभकामना दिदै उनले लेखेका छन्, ‘जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथी ।’

दिपाले पनि आफ्नो फेसबुकमा दिपक र आफ्नो तस्विर शेयर गर्दै क्याप्सन लेखेकी छिन्, ‘छ माया छपक्कै ।’

दीपकको स्टाटस जस्ताको तस्तैः

मेरो एउटा साथी छ…
म सून्य हूँ तिमी अगाडिको अंक हौ 
म लडखडाउदा मलाई समाउने, मेरा खुशीहरूमा रमाउने 
सबैभन्दा माथि छ… मेरो एउटा साथी छ…
मलाइ पीडा हुँदा मसँगै रूने
समस्याहरू सँग लड्दा म सँगै हुने 
आफू हारेर पनि मलाइ जिताउने मेरो एउटा साथी छ 
सबैभन्दा माथी छ….
जन्मदिनको लाखौ शुभकामना संसारकै सबैभन्दा प्रिय साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो

८ भाद्र २०७६, आईतवार १५:५३
भदौ ८, काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले कानूनी राज्यलाई भीडतन्त्रले चुनौती दिएको बताए । ‘कानुनको राज्य, विधानको शासनलाई कसैले चुनौती दिन मिल्छ कि मिल्दैन ? लोकतन्त्र […]