विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १५:४५

भदौ ८, नवलपुर । नेत्र विक्रम चन्द (विप्लव) समूहका पूर्वी नवलपरासी जिल्ला सेक्रेटरी वीरबहादुर थापालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ।

कावासोती नगरपालिका(३ घर भएका थापालाई गैंडाकोटको नारायणी पुल नजिकबाट पक्राउ गरिएको हो। शनिबार साँझ पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

उनको साथबाट चन्द समूहका दस्तावेजहरु फेला परेको प्रहरीको दाबी छ। थापासँगै अहिलेसम्म पूर्वी नवलपरासीमा चन्द समूहका १० जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।

जसमध्ये पार्टी गतिविधिमा नलाग्ने जनाउँदै विज्ञप्ती निकालेका ५ जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ। अन्य पाँच जना थुनामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशासन हाम्रो प्रतिबद्धता

८ भाद्र २०७६, आईतवार १५:४५
भदौ ८, काठमाडौं । नक्सा पास प्रक्रिया, भवन निर्माण मापदण्ड, योजना फर्स्योट, खरिद ऐन, भ्याट, प्यानलगायत विषयमा सर्वसाधारण जनताले सजिलै बुझ्न सक्ने गरी योजना ल्याउन जरुरी ठान्छन् बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल। जनप्रतिनिधिसमेत यस्ता योजनामा अल्झिनुपरेको छ। उनले विकासका आधारभूत घोषित कार्यक्रम पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। यसै सन्दर्भमा नगरप्रमुख […]