सिंगापुरमा रहेका प्रधानमन्त्रीको स्वास्थ्योपचार सुरु, अवस्था सामान्य

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १५:०१

भदौं ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए ।

रगतमा रहेका एण्टीबडीजस्ता हानिकारक तत्त्व हटाइने यो प्रक्रिया अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ ।

प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी उपचारको सिलसिलामा भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका हुन् । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

केही दिनअघि रगतमा एण्टीबडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनका पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा। शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतितोला साढे ७२ हजार पुग्यो सुनको मूल्य

८ भाद्र २०७६, आईतवार १५:०१
भदौ, ८, काठमाडौं । पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँ कायम भएको छ […]