आजको मौसम : पश्चिमी भागमा भारी वर्षाको सम्भावना

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार ०९:०७

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको महाशाखाले जनाएको छ ।

हाल देशका मध्य भू–भाग र पश्चिमी भू–भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै उक्त अवधिमा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आइतबार दिउँसो पश्चिमी, मध्य र पूर्वी भू–भागमा बदली भइ केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको र पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पश्चिमी, मध्य तथा पूर्वी भू–भागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने एवं पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । त्यस्तै पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको रहेको महाशाखाको भनाइ छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिमी भू–भागका केहीस्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारको अवसर !

८ भाद्र २०७६, आईतवार ०९:०७