ऊर्जामन्त्री पुनद्वारा माडीखोला पुल उद्घाटन

कर्णालीपत्र संवाददाता ७ भाद्र २०७६, शनिबार १५:१५

भदौ ७, रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले रोल्पाको माडीखोला निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।

निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि उदघाटन भएको हो । माडीखोलामा पुल निर्माणसँगै रोल्पाको सदरमुकाम लिबाङसम्म आउनका लागि पश्चिम क्षेत्रका बासिन्दा सहज भएको छ । ऊर्जामन्त्री पुन अर्थमन्त्री भएको बेला पुल शिलान्यास गरिएको थियो ।


उद्घाटन समारोहमा मन्त्री पुनसंगै पूर्व सभामुख ओनसरी घर्तीमगर, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगरलगायतको उपस्थिति थियो ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालय चकचके प्युठान र ठेकदार वसन्त डिसीबीच २०६६ असार १९ गतेमा सम्झौता भएको थियो । सम्झौताअनुसार तीन करोड ६८ लाखमा निर्माण सम्पन्न हुने भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post