कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी नयाँ उद्योग

कर्णालीपत्र संवाददाता ७ भाद्र २०७६, शनिबार १४:४४

भदौ ६, सुर्खेत । एक वर्षको अवधिमा कर्णाली प्रदेशमा ५ हजार भन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् ।

नयाँ संविधान अनुशार संघियताको कार्यान्वयन भई देशमा तिन तहका सरकारको गठन पश्चात कर्णाली प्रदेशका दशवटै जिल्लामा यति धेरैको संख्यामा नयाँ उद्योग स्थापना भएका हुन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाअनुसार कर्णालीमा पाँच हजार ७ सय ८८ वटा नयाँ उद्योग दर्ता भएका हुन् । जसमा ३ हजार ३ सय ९७ घरेलु तथा साना उद्योग, ४ सय २६ लघु उद्योग र वाणिज्ज तर्फ एक हजार ९ सय ६५ दर्ता भएका छन् । मझौला ठुला उद्योगहरु भने कर्णाली प्रदेशमै दर्ता नभएको मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए । ‘स्थानीय तहको सिफारिसमा घरेलु तथा साना उद्योग विकास समितिका जिल्ला कार्यालउमा यसरी स-नाना तथा कुटिर उद्योगहरु दर्ता भएका छन्’ सूचना अधिकारी रोकायाले भने ‘आफैले केही गरेर राज्इको कानुन अनुशार काम गर्छौ भनेर छोटो समयमा यसरी उद्योग दर्ता हुनु राम्रो संकेत हो ।’

उनका अनुसार हुम्ला, डोल्पा र मुगु जिल्लाहरुमा भएका केहि जडिबुटी सम्बन्धीका उद्योगहरु बन्द भएपनि त्यस्ता उद्योगहरुलाई मध्यनजर गर्दै प्रदेश राजधानीमै प्रादेशीक जडिबुटी संकलन केन्द्र खोल्ने तयारी भइरहेको छ ।

जसको लागि सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको एक सामुदायिक वनमा ६ हेक्टर बराबरको जग्गा भोगाधिकार गर्ने भनेर संघीय सरकारसँग माग समेत गरिसकेको रोकायले बताए । यस्तै यो वर्ष सुर्खेतको वीरेन्द्रनगर लाटीकोइलीमा जडिबुटी प्रशोधन तथा भण्डारण सेण्टरलाई क्रमागत रुपमा अघि बढाइनेछ । यो वर्ष एउटा वन पैदावर सम्बन्धी उद्योगलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारले तयारी गरेको छ । चालु आर्थिक बर्षको लागि ठुला मझौला उद्योगहरुलाई समेट्ने कार्यक्रमहरु राखिए पनि हालसम्म के–कस्ता उद्योग समेट्ने, कुन शिर्षकमा कति बजेट विनियोजन गर्ने भन्नेबारे जानकारी प्राप्त भइनसकेको मन्त्रालयको शाखा अधिकृत तुल्सीप्रसाद आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ऊर्जामन्त्री पुनद्वारा माडीखोला पुल उद्घाटन

७ भाद्र २०७६, शनिबार १४:४४
भदौ ७, रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले रोल्पाको माडीखोला निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि उदघाटन भएको हो । माडीखोलामा पुल निर्माणसँगै रोल्पाको सदरमुकाम लिबाङसम्म आउनका लागि पश्चिम क्षेत्रका बासिन्दा सहज भएको छ । ऊर्जामन्त्री पुन […]